एजेन्सी – चर्चित बंगाली गायक प्रतीक चौधरीको निधन भएको छ । मंगलबार हृदय घातका कारण उनको ५५ वर्षको उमेरमा निधन भएको हो ।
मंगलबार अकस्मात हृदयघात भएपछि उनलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो । समकाली बंगाली संगीतका क्षेत्रमा उनी राम्रा गायकका रुपमा परिचत थिए । उनका ‘मुखोस’, ‘भुसान्दिर माथे’, ‘एबार प्रतीक एर पैली’ जस्ता गीत चर्चामा रहेका छन् ।
कलकत्ता विश्वविद्यालयबाट संगीतमा स्नातक गरेका उनी सन् १९९४ देखि गायन क्षेत्रमा लागेका थिए । उनको निधनले बंगाली संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ ।