एजेन्सी – भारतीय कमेडियन कपिल शर्मा लामो समयपछि फेरि विवादमा तानिएका छन् । कपिल शर्मा शो को दोश्रो सिजनको टीआरपीमा पहिलो नम्बरमा रहँदा कपिल शर्माको घमण्ड पनि बढ्दै गएको छ ।
आफ्ना फ्यानकै कारण यहाँसम्म पुगेका कपिल शर्मा अहिले उनै फ्यानसँग फोटो खिच्न मानेनन् । एक फाइभ स्टार होटलमा पुगेका कपिललाई फ्यानले फोटो खिच्नको लागि अनुरोध गर्दा उनले इन्कार गरे । कपिलबाहेक त्यहाँ रणवीर सिंह, मीका सिंह र अन्य सेलिब्रेटीहरु पनि थिए ।
तर त्यहाँ अन्य सेलिब्रेटीले फ्यानको साथमा फोटो खिचेता पनि कपिलले भने फ्यानसँग फोटो खिच्न मानेनन् । उक्त फाइभ स्टार होटलमा फ्यानसँग फोटो खिच्न नमान्नुका साथै फ्यानसँग गर्ने व्यवहार पनि ठिक नभएको भारतीय मिडियाले जनाएको छ ।