अक्षय कुमारले दिए जवानका परिवारलाई ५ लाख

काठमाण्डु टुडे २०७५ फागुन ६ गते ११:२७ मा प्रकाशित

एजेन्सी । बलिउड नायक अक्षय कुमारले पुलवामा भएको आतंकवादी हमलामा ज्यान गुमाएका ४० जना भन्दा बढी भारतीय सैनिकका परिवारलाई सहयोग गरेका छन् ।

नायक अक्षय कुमारले हमलामा सहिद भएकाहरुको परिवारलाई ५ करोड सहयोग गरेका हुन् । उनले, ट्विटरमा पनि रकम कलेक्शनका लागि पहल अगाडि बढाएका छन् ।

अक्षयले यो हमला आफूहरुले कहिले पनि विर्सन नसक्ने उल्लेख गर्दै अब सहिदका परिवारलाई सहयोग गर्ने समय आएको पनि उल्लेख गरेका छन् ।

यस्तै, बलिउड नायक अमिताभ बच्चनले पनि सहिद भएका जवानका हरेक परिवारलाई ५ लाख सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us