काठमाण्डु, ६ फागुन – प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा नविन राना मगर र ओम माया सुनारको पहिलो लोक कोशेली ‘बारीको फुल ’ गीतको भिडियो बजारमा आएको छ ।
गीतमा करण राना मगर र गायिका सपना मगरको आवाज रहेको छ । आफनी मायालुले दिएको मायालाई बुझ्न कठीन भएको कुरा गीतमा गायकले ब्यक्त गरेका छन् ।
मायाको अर्थ बुझ्न नसक्दा मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ । नविन राना मगरको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ ।
आफ्नी मायालुलाई मायाको संसारमा सजाउनको लागी गायक निकै आतुर भएपनि विभिन्न बाध्यताले आफुबाट टाडा छोड्नु पर्दाको पिडालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
मुकेश हुमाँगाईँको छायाँकन , राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशनमा भिडियो निर्माण गरिएको छ । ‘बारीको फुल’ गीतमा बुद्धविर थापा र शुशिला थापाको अभिनय रहेको छ ।