एजेन्सी – पछिल्लो समय ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ बाट सफलता चाखेकी कंगना रनावतले एउटा ‘शाही घोषणा’ गरेर सबैलाई चकित तुल्याएकी छन् ।
मनमा कुनै कुरा नलुकाउनेमा चिनिएकी अभिनेत्रीले बिहीबार आफ्नै बायोपिक निर्देशन गर्ने बताएकी छन् । ‘मणिकर्णिका…’ मार्फत निर्देशनमा पनि हात हालेकी उनले भनेकी छन्, ‘मेरो आफ्नै कथा मेरो अर्को निर्देशन हुनेछ । तर यो प्रोपगान्डा फिल्म होइन, मेरो फिल्मी यात्राको इमानदार प्रस्तुति हुनेछ ।’
भारतीय सञ्चार माध्यमहरूका अनुसार, त्यो बायोपिक ‘बाहुबली’ फेम केभी विजयेन्द्रले लेख्नेछन् । ‘मणिकर्णिका…’ पनि उनैले लेखेका थिए । ‘दुई साताअघि विजयेन्द्रजीले आफूलाई मेरोबारे कथा लेख्ने अनुमति दिन भन्नुभयो । यो सुनेर म नर्भस जस्ती भएँ । तर फेरि उहाँको व्यक्तित्व र विश्वनीयताले तत्कालै मेरो धक हटाइदियो र उहाँलाई अघि बढ्न भनिदिएँ ।’
सन् २००६ मा ‘ग्याङस्टर’ मार्फत बलिउडमा छिरेकी कंगनाले कैयौँ सफल फिल्म दिइसकेकी छन् । तीन चोटि त भारतको नेसनल अवार्ड नै पाइसकेकी छन् । तथापि ३१ वर्षीया अभिनेत्री केही वर्षयता अनेक विवादमा पर्दै आएकीछन् ।
‘