भोजपुरी नायिकाको कार्यक्रममा ढुङ्गामुढा, प्रहरीले गर्यो लाठीचार्ज

काठमाण्डु टुडे २०७५ फागुन १ गते १४:४४ मा प्रकाशित

एजेन्सी – भारतको बिहार राज्यमा मंगलबार राती देवसुर्य महोत्सवमा भएको भोजपुरी नायिका अक्षरा सिंहको कार्यक्रममा ढुङ्गामुढा भएको छ ।

महोत्सव हेर्न आएको भीड आवेगमा आउँदा कयौँ कुर्सी तोडफोड भएको छ भने कैयौँ घाइते भएका छन् । भीड नियन्त्रणको लागि प्रहरीले लाठीचार्जसमते गर्नुपरेको थियो भने कार्यक्रम समेत बीचमै बन्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कार्यक्रम हेर्न दर्शकको अत्याधिक भीड भएपछि प्रहरीको संख्या पनि बढाइएको थियो । क्षमताभन्दा धेरै भीड र कार्यक्रम राम्रोसँग हेर्न नपाएपछि भीड आक्रोशित बनेको थियो ।

आफ्नो करिअरको शुरुवात टेलिभिजनबाट गरेकी अक्षरालाई पछि भोजपुरी चलचित्रमा काम गरेकी थिइन् । अक्षरा अहिले चर्चित भोजपुरी नायिकामा गनिन्छिन् । इंस्टाग्राममा पनि अक्षराको गज्जबको फ्यानफलोइङ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us