
दोहा, १७ चैत– नेपाल र फिलिपिन्सबीच आगामी अप्रिल ११ मा कतारको राजधानी दोहामा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।
चितवन युवा समूह दोहा कतारको समन्वय र करारको अल अहली क्लबको आयोजनामा खेल हुन लागेको हो । प्रतियोगितामा नेपालका तर्फबाट राष्ट्रिय टिम सहभागी हुने छ ।
खेल कतारको अल अरबी स्पोर्टस् क्लवमा हुने कतारमा रहेका पत्रकार रवी रोषी भट्टले काठमाण्डु टुडेलाई जानकारी दिए । उनका अनुसार करिब १२ हजारको क्षमता रहेको रंगशालामा कतारमा रहेका नेपालीलाई खेल हेर्न निशुल्क पासको व्यवस्था मिलाइएको छ ।
खेल हेर्न आउने नेपाली दर्शकका लागि अल अहली क्लबले आउन र जानका लागि यातायातको समेत व्यवस्था गरेको छत । यस्तै खेलसँगै सांगितीक कार्यक्रमसमेत राखिएको आयोजकले जनाएको छ ।
सांगीतिक प्रस्तुतिका लागि मिलन लामा र मिलन अमात्य कतार जाने भएका छन् ।