डलरसहित सबै विदेशी मुद्राको मूल्य घट्यो

काठमाण्डु टुडे २०७५ फागुन १ गते ११:२९ मा प्रकाशित

काठमाण्डु, १ फागुन – बुधबारको लागि नेपाल राष्टड्ढ बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४३ पैसा तोकेको छ ।money

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकिएको छ ।

बुधबारको लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा तथा मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६६ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

यस्तै कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९३ पैसा तथा बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३०० रुपैयाँ ८७ पैसा छ ।

कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा तोकिएको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केहि पैसा तलमाथि गरेर मूल्य ता्ेक्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us