अन्ततः नायिका वर्षा र संजोगले गरे इंगेजमेन्ट (तस्वीरसहित)

काठमाण्डु टुडे २०७५ माघ २९ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, २९ माघ – लामो समयदेखी प्रेम सम्बन्धमा रहेका चर्चित नायिका बर्षा राउत र नायक संजोग कोइरालाले इंगेजमेन्ट गरेका छन् ।

फागुन २ गते भ्यालेनटाइनको दिन विवाहको तयारी गरिरहेका यो जोडीले सोमबार काठमाण्डुको रोयल सिङ्गी होटलमा इंगेजमेन्ट गरेका हुन् । इङ्गेजमेन्ट कार्यक्रममा यी दुवै परिवारका सदस्यहरु उपस्थित थिए ।

संजोग र वर्षाले इन्गेजमेन्टको तस्वीर फेसबुक मार्फत सार्वजनिक गर्दै लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ, #SANSHA ‘

उनिहरुले आफूहरुको संयुक्त नाम मिलाएर एउटै जुराएका छन् । दुईले संयुक्त नाम ‘सन्सा’ राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us