दिपाश्री निरौला र सुमित खड्का सद्भावना दूतमा नियुक्त

काठमाण्डु टुडे २०७५ माघ २८ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, २८ माघ – निर्देशक दिपाश्री निरौला र गायक सुमित खड्कालाई विराटनगर महानगरपालिकाले सद्भावना दुतको रुपमा नियुक्त गरेको छ ।

आइतबार विराटनगरमा आयोजित सुमित खड्काको एकल कन्सर्ट कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले निरौला र खड्कालाई सद्भावना दुत नियुक्त गरेका हुन् । खड्का र निरौला विराटनगरबासी हुन् ।

राष्ट्रीय गानमा छुट्टै पहिचान बनाएका खड्काले विराटनगर महानगरपालिकाको गीत पनि गाएका छन् । विराटनगरबाट कलाकारिता क्षेत्रमा लागेकी निरौला हास्यकलाकार हुँदै पछिल्लो समय सफल निर्देशकको रुपमा चिनिएकी छन् ।

दुई जना विराटनगरकै भएकाले पनि कलाकारको सम्मान र विराटनगरको बिकासकालागि सद्भावना दुत नियुक्त गरिएको मेयर पराजुलीले जानकारी दिए । निर्देशक निरौलाले आफूमा थप जिम्मेवारी बढेको बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us