
काठमाण्डु, १६ चैत – बंगलादेशमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सुपर टेन अन्तर्गत आइतबार पनि दुई खेल हुँदैनछन् ।
समूह ‘ए’ अन्तर्गत हुने आजको पहिलो खेलमा घरेलु टोली बंगलादेश र पाकिस्तान तथा दोस्रो खेलमा भारत र अष्ट्रेलिया आमने सामने हुनेछन् ।
सुपरटेनमा एक खेल पनि नजितेको बंगलादेश पहिलो जितको खोजीमा रहँदा पाकिस्तान सेमीफाइनल पुग्ने सम्भावना जिवित राख्न मैदान उत्रने छ ।
यस्तै सेमीफाईनल पुगिसकेको भारत र प्रतियोगिताबाट लगभग बाहिरिएको अष्ट्रेलियाबीचको खेल साँझ सवा ७ बजेबाट सुरु हुनेछ ।
आजको पहिलो खेलमा पाकिस्तान विजयी भएमा अष्ट्रेलिया सेमीफाइनल पुग्ने गणीतिय सम्भावनासमेत समाप्त हुनेछ ।