हलिउड अभिनेत्री जेनिफरले गरिन इंगेजमेन्ट

काठमाण्डु टुडे २०७५ माघ २६ गते ११:३९ मा प्रकाशित

एजेन्सी – हलिउड अभिनेत्री जेनिफर लरेन्सले करिब नौ महिना डेट गरेपछि आर्ट ग्यालरीका निर्देशक कुक मैरोनेसँग इंगेजमेन्ट गरेकी छिन् ।

पेन सिक्सका अनुसार ओस्कर विजेता २८ वर्षीय अभिनेत्री लरेन्सको हातमा इंगेजमेन्टको औँठी देखिएको छ । लरेन्स र मैरोने चाँडै नै विवाह बन्धनमा बाँधिँदै छन् । मैरोनेभन्दा पहिले लरेन्स फिल्म निर्देशक डेरेन एरोनोफ्सकीसँग प्रेममा थिइन् ।

एक सूत्रले पेज सिक्स आउटलेटलाई बताएको छ, ‘लरेन्सको औँलामा हिराको ठूलो औँठी थियो । उनलाई देख्दा लागिरहेको थियो कि उनी पार्टी मनाइरहेकी छिन् ।’ खबरअनुसार लरेन्स र मैरोने चाँडै नै विवाह बन्धनमा बाँधिँदै छन् । जसले लरेन्सको २०१७ को फिल्म ‘मदर’ निर्देशन
गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us