एजेन्सी । ईण्डिया र न्युजिल्याण्डबीचको दोस्रो ट्वान्टी–२० क्रिकेट आज हुँदैछ । खेल नेपाली समयअनुसार विहान पानै १२ बजे अक्ल्याण्डमा सुरु हुनेछ ।
३ म्याचको सिरिजमा घरेलु टोली न्युजिल्याण्ड १–० ले अघि छ । नियमित कप्तान बिराट कोहली बिनाको इण्डियालाई दोस्रो खेलमा समेत पराजित गर्दै किबिज टोली सिरिज एक खेल अगावै आफ्नो पक्षमा पार्ने दाउमा हुनेछ ।
इण्डिया रोहित शर्मा र न्युजिल्याण्ड केन विलिएम्सनको नेतृत्वमा मैदान उत्रनेछन् । ५ म्याचको वान डे सिरिज भने इण्डियाले ४–१ ले जितेको थियो ।