टेलिसिरियल अभिनेत्री नागा झाँसीले गरिन् आत्महत्या

काठमाण्डु टुडे २०७५ माघ २३ गते १४:२६ मा प्रकाशित

एजेन्सी – तेलेगु टिभी सिरयिल अभिनेत्री नागा झाँसीले आत्महत्या गरेकी छिन् । २१ वर्षकी नागा झाँसीको शव बुधबार श्रीनगर कोलोनीस्थित आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिएको हो ।

उनले घरमा कोही पनि नभएको मौका पारेर आत्महत्या गरेको बताइएको छ । उनका भाइ दुर्गाप्रसादले ढोका ढक्ढकाउँदा भित्रबाट कसैले पनि केही प्रतिक्रिया नदिएपछि डराएका उनले छिमेकीलाई बोलाएर ढोका फोडेको बताइएको छ । भित्र छिर्ने बित्तिकै उनको शव पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको भारतीय संचारमाध्यम टाइम्स नाउले बताएको छ ।

पुलिसले झाँसीको मोबाइलको अनुसन्धान सुरु गरेको र पुलिसले कल डिटेल र च्याट रेकर्डको पनि अनुसन्धान थालेको जानकारी दिएको छ । आन्ध्र प्रदेशमा बस्ने झाँसीले ‘पवित्र बन्धन’ बाहेक विभिन्न टेलिभिजन श्रृङ्खलामा काम गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us