एजेन्सी – बलिउडमा एकपछि अर्को स्टारकिडहरु डेब्यु गरिरहेका छन् । जाह्न्वीप् कपूर र सारा अली खानपछि चर्चामा रहेकी अर्की स्टार किड हुन्, शाहरुख खानकी छोरी सुहाना खान । लामो समयदेखि सुहानाले बलिउडमा डेब्यु गर्ने चर्चा चलिरहेको थियो ।
अहिले भने सुहाना खानको एउटा तस्बिर सार्वजनिक भएको छ, जसमा उनी अभिनय गरेको देखिएको छ । खासमा सुहानाको एक तस्बिर उनको फ्यानपेजमा पनि छ । कलेजमा गरिएको नाटकमा सुहाना आफ्नो भूमिकामा एकदमै डुबेको देख्न सकिन्छ ।
शाहरुखको चाहना पनि छोरीले बलिउडमा राम्रो काम गरोस् भन्ने नै रहेको छ । शाहरुखका आफ्ना अर्का छोरा आर्यन भने निर्देशक बनेको हेर्न चाहन्छन् भने कान्छो छोरा अबराम भने टेनिस प्लेयर बन्दा एकदमै कुल बन्ने बताउँछन् ।
शाहरुखले एक मिडियालाई दिएको अन्तर्वार्तामा सुहाना बलिउडमा आउन चाहेता पनि ३–४ वर्ष सिकेर आउनुपर्ने बताए । अहिले उनी लण्डनमा नाटकसम्बन्धी नै अध्ययन गरिरहेकी छन् ।