आईसीसीका प्रतिनिधिले गरे त्रिवि क्रिकेट मैदानको निरीक्षण

काठमाण्डु टुडे २०७५ माघ २२ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, २२ माघ – अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतिनिधिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरको निरीक्षण गरेका छन् ।

कीर्तिपुर मैदान एकदिवसीय सिरिज खेलाउन योग्य नभए नभएको अवलोकन गर्न आईसीसीका प्रतिनिधि एण्डी अड्किङसन नेपाल आएका थिए । उनले मंगलबार विहान त्रिवि क्रिकेट मैदान पुगेर पिच, आउट फिल्ड लगायतको अवलोकन गरेका छन् ।

आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेले उनले आईसीसीमा रिपोर्ट पेश गर्ने र त्यसपछि नतिजा के हुने भन्ने थाहा हुने बताइन् ।

त्रिवि क्रिकेट मैदानको पिच निकै पुरानो भइसकेको छ । ३० यार्ड र आउट फिल्ड पनि राम्रो छैन । प्लेयर बक्स त छ तर, त्यहाँ पनि पर्याप्त पूर्वाधारहरु बनेको छैन ।

त्रिवि क्रिकेट मैदानले छिट्टै तयार हुने अवस्था भएमा सन् २०१९ को मध्यतिरै पनि नेपालमा सिरिज हुनसक्ने बताइएको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले हालै मात्र यूएईविरुद्ध सिरिज जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us