बाबु बन्दै आर्यन सिग्देल

काठमाण्डु टुडे २०७५ माघ २२ गते १३:१६ मा प्रकाशित

काठमाण्डु, २२ माघ – चर्चित अभिनेता आर्यन सिग्देल सपना भण्डारीसँग वैवाहिक जीवनमा बाँधिएको करिब चार वर्षपछि पिता बन्ने भएका छन् । 

आर्यन र सपनाको २०७१ साल वैशाख ६ गते विवाह भएको थियो । उनीहरुले लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए । आर्यन पत्नी सपना भण्डारी करिब ७ महिनाको गर्भवती भएको बुझिएको छ ।

अभिनेता आर्यन सिग्देल यति बेला विकासराज आचार्यको चलचित्र ‘हजार जुनी सम्म’को छायांकनमा व्यस्त छन् । उनी चलचित्रको छायांकनका लागि यतिबेला सिक्किममा रहेको बताइएको छ । चलचित्रको छायांकन सकेर नेपाल फर्किए पश्चात भने उनी केही समय श्रीमती सपनाका साथमा रहने तयारीमा छन् ।

आफू मातापिता बन्न लागेको कुरालाई आर्यन र सपनाले भने अधिकारिक रुपमा सार्वजनिक गरिसकेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us