रजनीकान्तकी छोरी सौन्दर्याले दोस्रो विवाह गर्दै, आमाले लेखिन पुलिसलाई ‘पत्र’

काठमाण्डु टुडे २०७५ माघ २२ गते १२:३३ मा प्रकाशित

एजेन्सी – भारतका चर्चित सुपरस्टार रजनीकान्तकी छोरी सौन्दर्याले आफू नायक विशागन वनंगमुदीसँग विवाह गर्न लागेको सोमबार जानकारी गराएकी छन् ।

उनको फेब्रुअरी ११ तारिखमा विवाह हुँदैछ । सौन्दर्याले ट्वीट गर्दै लेखेकी छन्, ‘एक हप्ता बाँकी । दुलही मोड, विशागन वेड सौन्दर्या ।’

उनको विवाह रजनीकान्तको पोइस गार्डनस्थित घरमा हुनेछ, जसमा विवाहको तयारी मज्जाले सुरु भइसकेको छ । एक वेबसाइटका अनुसार रजनीकान्तकी श्रीमती लताले तमिलनाडु पुलिसलाई चिट्ठी लेखेर घरबाहिर सुरक्षा बढाउने माग गरेकी छिन् ।

उनका अनुसार घर बाहिर ट्राफिक जामको स्थिती हुन सक्छ र फ्यानको ओइरो लाग्न सक्ने भएकाले पुलिसको सहयोग मागिएको हो । फेब्रअुरी १० देखि विवाहको कार्यक्रम सुरु हुनेछ, ११ फेब्रुअरीमा विवाह र त्यसपछि १२ मा रिसेप्सन दिने भएको ।

https://twitter.com/soundaryaarajni/status/1092303005871833089

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us