क्रिकेट खेलाडीलाई एयपोर्टमा रातो कार्पेट बिच्छ्याएर स्वागत

काठमाण्डु टुडे २०७५ माघ २१ गते १६:५२ मा प्रकाशित

काठमाण्डु, २१ माघ – नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिभुवन विमानस्थलमा आइपुगेको छ ।

यूएईविरुद्धको एक दिवसीय र टी–२० शृङ्खला जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टिमको स्वागतमा विमानस्थलमा रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो ।

नेपाली खेलाडीलाई स्वागत गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सेना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, विमानस्थल पुगेका छन् । यसैगरी राखेपका उपाध्यक्ष र सदस्य सचिव पनि विमानस्थल पुगेका छन् । साथै ठूलो संख्यामा प्रशंसकको उपस्थिति विमानस्थलमा रहेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलबाट त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषरमा लगेर सम्मान गर्ने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us