राष्ट्रिय कराते खेलाडी श्रेष्ठ सम्मानित

काठमाण्डु टुडे २०७५ माघ २१ गते १४:४९ मा प्रकाशित

काठमाण्डु २१ माघ – खेलकूद क्षेत्रको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पु¥याएवापत करातेका राष्ट्रिय खेलाडी बिप्लब लाल श्रेष्ठलाई आज यहाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

हाईड एण्ड सिक किन्डर गार्डेन स्कुल वनस्थलीले आफ्नो वार्षिक खेलकूद दिवसका अवसरमा आयोजित कार्यक्रममा सो स्कुलका प्रधानाध्यापक कुमद भट्ट र खेलकूद प्रशिक्षक हरिबहादुर तामाङले उनिलाई रु दश हजार नगदसहित ताम्रपत्रद्वारा सम्मान गरे ।

ब्रिटेनको लेसिस्टरमा आयोजना भएको ब्रिटिश कराते च्याम्पियनसिप–२०१८ मा ८४ केजी मुनिको तौल समूहमा उनले रजत पदक प्राप्त गर्न सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us