धुर्मुस सुन्तली अचानक उडे मलेसिया !

काठमाण्डु टुडे २०७५ माघ २१ गते १४:१८ मा प्रकाशित

काठमाण्डु, २१ माघ – धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेलगत्तै सहयोग रकम पनि आउन थालिसकेको छ । यसैबीच रंगशाला निर्माणका निम्ति सहयोग रकम उठाउने उद्देश्यकासाथ धुर्मुस सुन्तली मलेसिया प्रस्थान गरेका छन् ।

उनीहरुको साथमा लोकदोहोरी गायक बद्री पंगेनी, गायिका मेलिना राई पनि सहभागी छिन् । सहयोग रकम संकलनका निम्ति मलेसियामा धुर्मुस सुन्तली साँझको आयोजना गरिएको छ । यो कार्यक्रम मलेसियाका विभिन्न शहरहरुमा आयोजना गर्ने तयारी रहेको धुर्मुसले जानकारी दिए ।

धुर्मुसले आफूहरुले रंगशालाको औपचारिक घोषणा गरेकै समयमा नेपाली क्रिकेट टिमले यूएईलाई हराउँदै ऐतिहासिक जित निकालेकाले अफ्नो हौसला अझ बढेको बताए । हामीले कसैलाई पनि दिनै पर्छ भनेका छैनौँ तर सबै नेपालीहरुले आफूले सकेको सहयोग गरेमा घोषित मितिभन्दा अगाडि नै नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण सम्पन्न गर्न सकिने कुञ्जना घिमिरे ९सुन्तली० ले बताइन् । उनीहरु मलेसियाको कार्यक्रम सकेर एकसाता पछि नेपाल फर्किने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us