काठमाण्डु, २० माघ – यूएईविरुद्धको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट प्रतियोगितामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले सुरुमै ३ विकेट गुमाएको छ ।
३.३ ओभरमा नेपालले २१ रन बनाएका बेला दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । कप्तान पारस खड्कासँगै ओपनिङ ब्याटिङमा आएका पवर्न शर्राफ चौथो बलमा मोहमद नाभीदको बलमा विकेटकीपर गुलामबाट आउट भए । शर्राफ शून्यमै आउट भएका हुन् ।
त्यसपछि उनको ठाउँमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल पनि ११ रन बनाएर आउट भएका छन् । उनलाई जहूर खानले बोल्ड गरेका हुन् ।
दुबईमा पानी परे पछि ढिला गरि शुरु हुन लागेको खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्न लागिएको छ । खेल १० ओभरमा छोट्याइएको छ । यसअघि ओपनिङ व्यायट्सम्यान र विकेट किपरको रुपमा प्रदीप ऐरी र विनोद भण्डारीलाई प्लेयिङ ११ मा राख्ने गरिएको थियो ।
एक दिवसीयमा खेलेका विनोद टी–२० मा प्रदीप नचलेपछि आज टिममा परेका छन् । तर उनलाई आज ओपनिङ गर्न दिइएन ।