फोहोरलाई मोहर बनाउने योजना

काठमाण्डु टुडे २०७० चैत १४ गते १४:३६ मा प्रकाशित

काठमाण्डु, १४ चैत– पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले फाहोरलाई मोहोरमा बदल्न आग्रह गरेका छन् । काठमाण्डुको आलापोटमा foharस्थापना गरिएको नयाँ प्रविधिको बायो ग्यास प्लान्टको उद्घाटन गर्दै उनले फोहोरको व्यवस्थापनमा यो प्रविधि निकै उपयोगी हुने बताए । यो बायोग्याँस प्लाण्ट नेपालकै ठूलो भएको बताइएको छ ।

शून्य फोहोर अवधारणामा आधारित उतm कार्यक्रम प्रज्ञा सिडस नेपाल, बायोका, बौद्ध सरसफाइ केन्द्रद्वारा आयोजना गरिएको थियो । पूर्वअर्थमन्त्री कोइरालाले घरघरबाट संकलित फोहोरलाई मोहरको रुप दिने यस्तो कार्यक्रम उपत्यकाको फोहोर व्यवस्थापनका लागि समेत अनुकरणीय हुने बताए ।

उक्त आयोजनाका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम जर्मन दूतावास, यरोपेली युनियनलगायत संस्थाले सहयोग गरेको जानकारी दिइएको छ ।

कार्यक्रममा सभासद रामेश्वर फुयाल, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेशनल प्रोग्राम असिस्टेन्ट विवेक शर्मा, विश्व बैंकका प्रतिनिधि आशिष श्रेष्ठ, जर्मन दूतावासका विशाल थापालगायतले बायो ग्याँस प्लान्टका विषयमा धारणा राखेका थिए ।

बिजमाण्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us