नेपालको कमजोर प्रर्दशनः जितका लागि ६२ रन आवश्यक

काठमाण्डु टुडे २०७५ माघ १८ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, १८ माघ – युएईले दिएका एक सय ८ रनको लक्ष्य पछ्याइ रहेको नेपालले पाँचौ विकेट गुमाएको छ । सन्दीप जोरा १ रन बनाएर आउट भएका हुन् । नेपालको कप्तान पारस खड्का एक रन पनि नबनाइ आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन बनाए । करण केसीले २० रन बनाउँदा ओपनर प्रदीपसिंह ऐरीले ८ रन बनाए । नेपालले १०.१ ओभर खेल्दै ५ विकेटको क्षतिमा ४६ रन जोडेको छ । अब नेपाललाई जितका लागि ५९ बलमा ६२ रन आवश्यक छ ।

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको युएईले सबै विकेट गुमाएर १९.२ आ.भरमा एक सय ७ रन जोडेको थियो । युएईलाई सस्तैमा रोक्नका लागि नेपालका लागि अविनाश बोहोराले ३, सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले समान २र२ विकेट लिएका थिए । युएईका एक खेलाडि रन आउट भए ।

युएईका लागि सिपि रिजवानले सर्वाधिक ४४ रनको योगदान गरे । यस्तै साइमान अनवरले १४ रन र महोम्मद बुटाले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक छुन सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us