यूएईको दोस्रो विकेट झर्यो, सोमपाल र सन्दीप बने हिरो

काठमाण्डु टुडे २०७५ माघ १७ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, १७ माघ – टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको दोस्रो विकेट लिएको छ ।

युएईका घुलाम शब्बेर ८ रनमा आउट भए । नेपालका लागि सोमपाल कामीले विकेट लिए । यसअघि अस्फाक अहमद दुई रनमा आउट भएका थिए । पाँचौ ओभरको खेल चलिरहँदा यूएईको दुई विकेटको क्षतिमा १९ रन भएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us