न्यूजिल्याण्डसँग भारतको लज्जास्पद हार

काठमाण्डु टुडे २०७५ माघ १७ गते १२:४८ मा प्रकाशित

एजेन्सी । न्यूजिल्याण्ड भम्रणमा रहेको पाहुना टोली भारतले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा लज्जास्पद हार ब्यहोरेको छ ।

हमिल्टनमा भएको खेलमा बिहीबार घरेलु टोली न्यूजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गर्यो । टेन्ट्र बोल्टले उत्कृष्ट प्रदर्शन गरेपछि टस हारेर ब्याटिङको निम्तो पाएको भारत ९२ रनमै अलआउट भयो ।

रोज टेलरले ३७ र हेनरी निचोल्सले ३० रनको पारी खेल्दै १४.४ ओभरमा न्यूजिल्याण्डलाई सहज जित दिलाएका थिए ।

न्यूजिल्याण्डविरुद्ध भारतको यो दोस्रो सबैभन्दा कम स्कोर हो । यसअघि २०१० मा श्रीलंकाको दंबुलामा भएको वान डे मा भारत न्यूजिल्याण्डविरुद्ध २०१० रनमा समेटिएको थियो ।

समग्र वान डेमा भारतले बनाएको यो सातौं सबैभन्दा कम स्कोर हो । भारतले २००० मा शारजहामा श्रीलंकाविरुद्ध बनाएको ५४ रनको स्कोर उसको वान डेमा सबैभन्दा कम स्कोर हो ।

भारतले जारी न्यूजिल्याण्डविरुद्धको पाँच खेलको वान डे शृंखला यसअघि नै लगातार सुरुवाती तीन खेल जित्दै आफ्नो पक्षमा पारिसकेको छ । चौथो खेल न्यूजिल्याण्डले जितेसँग शृंखला ३–१को स्थितीमा पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us