भरतपुरको क्रिकेट रंगशालामा भारत–पाकिस्तानबीच खेल हुने

काठमाण्डु टुडे २०७५ माघ १६ गते १५:४८ मा प्रकाशित

काठमाण्डु, १६ माघ – धुर्मुस–सुन्तली फाउन्डेसनले आगामी दुई वर्षभित्र बनाइसक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल भारत–पाकिस्तानबीच हुने भएको छ ।

रंगशाला घोषणा कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आगामी दुई वर्षपछि बनिसक्ने यो रंगशालाको उद्घाटन खेल भारत र पाकिस्तानबीच हुने गरी तयारीसमेत गरिएको जानकारी गराइन् । यसका लागि उनले आवश्यक पहलसमेत थालेको उनले बताइन् ।

२० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा बन्न लागेको रंगशालामा २ वर्ष भित्रमा बनाइसक्ने भएको छ । जसको लागत ३ अर्ब लाग्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us