भारतीय पप गायिका शिवानी भाटियाको कार दुर्घटनामा मृत्यु

काठमाण्डु टुडे २०७५ माघ १६ गते १४:०७ मा प्रकाशित

एजेन्सी – भारतीय चर्चित पप गायिका शिवानी भाटियाको सडक दुर्घटनामा मृत्यु भएको छ । सोमबार आग्रामा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको कार दुर्घटनामा परेको हो ।

दुर्घटनामा उनका पति गम्भीर घाइते भएका छन् । दुर्घटना सुरीर कोतवाली क्षेत्रको वरिपरि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनाका प्रत्यक्षदर्शी शिव वीर सिंहले कार तेज तफ्तारमा भएका कारण दुर्घटना भएको बताएका छन् ।

प्रहरीका अनुसार कारमा सवार भाटियाका पतिको अस्पतालमा उपचार भइरहेको र भाटियाको उपचारको क्रममा मृत्यु भएको हो । बिहारको सीमामन्ढीमा जन्मिएकी शिवानी हाल कामको सिलसिलामा दिल्लीमा बस्दै आएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us