विराटनगर, १६ माघ – बलिउडकी चर्चित नायिका राखी सावन्तले बुधबार (आज) विराटनगरमा नृत्य प्रस्तुत गर्दैछिन् ।
स्थानीय गोपाल फनपार्कमा राखीले ‘आइटम डान्स’ गर्ने भएकी हुन् । उनीसँगै अन्य भारतीय तथा नेपाली कलाकारले पनि प्रस्तुति दिनेछन् ।
सावन्तसँगै इन्डियन आइडल २०१७ फेम मानषी भारद्वाज, मेघा कौर, मीरा लामा, सन्ध्या पौडेल, श्रेया गोयल, सहिमा श्रेष्ठ लगायतले आफ्नो प्रस्तुति दिनेछन् ।