रामपुर नृत्य आइडलको उपाधी सैलिशा रानालाई

काठमाण्डु टुडे २०७५ माघ ९ गते ११:३९ मा प्रकाशित

बेझाड, ९ माघ – दोस्रो रामपुर नृत्य आइडलको उपाधि सैलिशा रानाले जितेकी छन् । सहभागी २७ जनालाई उछिन्दै राना नृत्य आइडल बनेकी हुन् ।

उपाधिसँगै रानाले रु ३० हजार पुरस्कार प्राप्त गरेकी छन् । यस्तै श्वेता रुचालले द्वितीय, सिन्धु श्रेष्ठले तृतीय तथा समीक्षा देवकोटाले सान्त्वना पुरस्कार जितेका छन् । उनिहरुले क्रमशः रु २० हजार, रु १० हजार र रु ५ हजार पुरस्कार प्राप्त गरे ।

पूर्वअर्थमन्त्री महेश आचार्य, प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल र दिव्यतारा इन्टरप्राइजेजका सञ्चालक सिदार्थ शाक्यले संयुक्त रूपमा पुरस्कार प्रदान गरे ।

रामपुर महोत्सवको अवसरमा सञ्चालन भएको उक्त नृत्य आइडलमा सहभागीलाई दर्शकको मतका आधारमा ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत अङ्कका आधारमा छनोट गरिएको संयोजक प्रेमप्रकाश श्रेष्ठले जानकारी दिए । सो प्रतियोगिता दिव्य तारा इन्टरप्राइजेजको प्रायोजन र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ पाल्पाको संयोजनमा सम्पन्न भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us