एजेन्सी – बलिउडका अभिनेता करण जोहरको चलचित्र ‘गुड न्यूज’ यसै वर्ष सेप्टेम्बरमा रिलिज हुँने भएको छ ।
करण जोहरले यस बारे सोमबार ट्वीटमार्फत घोषणा गरेका हुन् । अक्षय कुमा र करिना कपुरको अभिनय रहेको गुड न्यूज जुलाई १९ मा रिलिज हुने बताइएको थियो तर नयाँ घोषणाका अनुसार यो फिल्म अब यो वर्षको ६ सेप्टेम्बरमा सिनेमा घरमा आउँदैछ । फिल्म यसै महिनाको २७ तारिखमा फ्लोरमा जाँदैछ ।