एजेन्सी – बलिउडकी अभिनेत्री करिना कपुर केही समयदेखि मध्य प्रदेशको राजनीतिकमा चर्चामा छिन् ।
करिनाको भूपालसँगको सम्बन्ध देखेर भोपालका कंग्रेसी नेताहरुले उनलाई भोपालबाट लोकसभा चुनाव लड्न आग्रह गरेका छन् ।
४० वर्षदेखि भुपालले चुनाव हारिरहेको कंग्रेसलाई करिनाले जिताउन सक्ने विषयमा कांग्रेसभित्र चर्चासमेत सुरु भएको हो । भोपाल करिनाको माइती पनि हो । त्यसैले उनी श्रीमान् सेफ अली खानसँग त्यहाँ गइरहन्छिन् ।
भारतीय जनता पार्टी ९भाजपा०को किल्ला बनिसकेको भोपालमा करिनाको प्रवेश हुँदा किल्ला भत्काउन सकिने कंग्रेसको आँकलन छ । प्रदेशमा राम्रो जित निकालेसँगै लोकसभामा पनि कंग्रेसले राम्रै आश गरेको छ ।
भोपालमा युवा मतदाताको संख्या धेरै भएका कारण करिनाले युवालाई आकर्षित गर्न सक्ने बताइएको छ । अहिले भारतीय राजनीतिमा करिनाको उम्मेदवारीलाई लिएर चर्चा चुलिएको छ ।
करिना र सैफ विदा मनाउन भोपाल जाने गरे तापनि राजनीतिक गतिविधिमा भने अहिलेसम्म सहभागी भएका छैनन् ।