थाइल्याण्डमा उपविजेता बनेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाण्डु टुडे २०७५ माघ ६ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, ६ माघ – थाइल्यान्डमा सम्पन्न थाइल्याण्ड वुमन्स ट्वान्टी २० स्म्यास क्रिकेटमा उपविजेता बनेको नेपालको राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।

घरेलु टोलीसँग शनिबार फाइनलमा पराजित हुँदै उपविजेता बनेको नेपाली टिम आइतबार दिउँसो थाई एयरवेजबाट नेपाल आइपुगेको हो ।

घरेलु टोलीसँगको हारले पहिलो अन्तर्राष्ट्रिय उपाधि नजिक पुगेको १८ सदस्यीय नेपालको महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेप, क्रिकेटका शुभचिन्तकले स्वागत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us