विराट कोहलीलाई पछि पार्दै आम्लाले राखे विश्व कीर्तिमान

काठमाण्डु टुडे २०७५ माघ ६ गते १२:१० मा प्रकाशित

एजेन्सी – दक्षिण अफ्रिकाका व्याट्सम्यान हासिम आम्लाले एकदिवशीय क्रिकेटमा सबैभन्दा छिटो २७ शतक बनाएर विश्व किर्तिमान बनाएका छन् । पाकिस्तानविरुद्ध उनले गएराति नटआउट १ सय ८ रन बनाए ।

यसअघि सबैभन्दा छिटो २७ शतक बनाउने रेकर्ड भारतीय कप्तान विराट कोहलीको नाममा रहेको थियो । आम्लाले १ सय ६७ पारिमा २७ शतक बनाए । भारतीय कप्तान कोहलीले १ सय ६९ मा, सचिन तेंदुलकरले २ सय ५४ म्याचमा र अष्ट्रेलियाका रिकी पोटिंगले ३ सय ८ पारीमा २७ शतक बनाएका थिए ।

आम्लाले शतक हानेपनि पाकिस्तानले पाँच म्याचको श्रृंखलामा घरेलु टोली विरुद्ध विजयी शुरुवात गरेको छ । पोर्ट एलिजावेथमा भएको पहिलो एकदिवशीयमा पाकिस्तान पाँच विकेटले विजयी भयो । टस जितेर पहिले व्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा २ सय ६६ रन बनायो । २ सय ६७ रनको विजय लक्ष्य पाकिस्तानले ४९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । जितसंगै पाकिस्तानले एकदिवशीय श्रृंखलामा एक सून्यको अग्रता बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us