आफ्नो थर परिवर्तन गर्नेबारे यसो भन्छिन् दीपिका

काठमाण्डु टुडे २०७५ माघ ५ गते १५:३२ मा प्रकाशित

एजेन्सी – गत वर्ष थुप्रै सेलिब्रिटीले विवाह गरे तर दीपिका पादुकोण–रणवीर सिंह, सोनम–आनन्द अहुजा र प्रियंका–निक जोनसको विवाह सर्वाधिक चर्चामा रह्यो ।

विवाहपछि सोनम कपुरले आफ्नो नाम सोनम के अहुजा र प्रियंका चोपडाले आफ्नो नाम प्रियंका चोपडा जोनस बनाएकी छिन् । अब दीपिकाले आफ्नो नाम कहिले परिवर्तन गर्छिन् भनेर प्रशंसकहरुले प्रतिक्षा गरिरहेका छन् ।

जब दीपिकालाई विवाहपछि उनलाई दीपिका पादुकोण भवनानी वा दीपिका पादुकोण सिंह, के भन्ने भनेर सोधियो । जवाफमा दीपिकाले भनिन्, ‘मैले र रणबीरले कहिले पनि योबारे कुरा गरेका छैनौं । हामीले यसबारे कहिले पनि सोचेका छैनौं ।’

‘सायद यो महत्वपूर्ण छैन । आखिर किन परिवर्तन गर्नु रु मैले फिल्मी क्षेत्रमा आफ्नो नाम स्थापित गर्न निकै मेहनत गरेकी छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us