टी–२० स्म्यासः नेपाल फाइनलमा ७० रनले पराजित

काठमाण्डु टुडे २०७५ माघ ५ गते १५:०५ मा प्रकाशित

काठमाण्डु, ५ माघ – थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा पराजित भएको छ । नेपाललाई थाइल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७।२ ओभरमा अल आउट भएको हो ।

नेपालले १७ ओभर खेल्दा ५१ रनमात्र जोड्न सक्यो । शुक्रबार भएको सेमिफाइनल खेलमा इन्डोनेसियालाई ९२ रनको भारी अन्तरले पराजित गर्दै नेपाल पाइलमा प्रवेश गरेको थियो ।

नेपालका लागि सर्वाधिक १३ रन सीता रानाले बनाइन भने नेरी थापाले ११ रन बनाइन । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।

टस हारेर ब्याटिङ गरेको घरेलु टोली थाइल्यान्डले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो । घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाइन् । यस्तै नरुमोल चवाइले २७ र चानिदा सुथिरङले नटआउट १९ रन बनाइन् । थाइल्याण्ड अपराजित रहँदै फाइनलमा पुगेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us