सहकारी महासम्मेलनमा छलफल सुरु हुँदै

काठमाण्डु टुडे २०७० चैत १२ गते ४:१७ मा प्रकाशित

काठमाण्डु, १२ चैत –प्रथम राष्ट्रिय सहकारी महासम्मेलनमा आजबाट विभिन्न विषयगत छलफलहरु शुरु हुँदैछ ।

राजधानीको सोल्टी होटलमा हुने छलफलमा समतामूलक समाज निर्माण गर्न र समाज रुपान्तरण गर्न सहकारीलाई बलियो आधारको रुपमा विकास गराउने विविध विषयमा छलफल हुने राष्टिय सहकारी संघले जनाएको छ ।

महासम्मेलनमा अन्तराष्टिय सहकारी संजालदेखि लिएर विभिन्न देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

यस्तै महासम्मेलनमा ७५ जिल्लाका जिल्लास्तरीय सहकारी सङ्घ तथा विषयगत सहकारी संघका प्रतिनिधि, संविधानसभाका सदस्यहरु, सहकारी सम्बन्धित सरकारी निकायका अधिकारी, सहकारी विज्ञ, समते गरी ८ सय भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको संघले जनाएको छ ।

भोलीसम्म संचालन हुने महासम्मेलनको हिजो दशरथ रंगशालामा भव्य समारोहकावीच राष्टपति डा. रामबरण यादवले उद्घाटन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us