एजेन्सी । साविक विजेता बार्सिलोनाले स्पानिस कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा लेभान्टेलाई ३–० ले पराजित गर्दै समग्रमा ४–२ को जित हात पारेको हो ।
पहिलो लेगमा बार्सिलोना २–१ ले पराजित भएको थियो । दोस्रो लेगमा बार्सिलोनालाई हसज जित दिलाउन ओसमान डेम्बेलेले दुई तथा कप्तान लियोनल मेसीले एक गोल गरे ।
घरेलु मैदान क्याम्प नोउमा डेम्बेलेले ३०औँ र ३१औँ मिनेटमा गोल गरेका थिए । मेसीले ५४औँ मिनेटमा गोल गरे ।
बार्सिलोनाले कोपा डेल रे सर्वाधिक ३० पटक जितेको छ । यस्तै रियल बेटिस र स्पानयोल पनि क्वाटरफाइनल पुगेका छन् ।