विश्वको सबैभन्दा ठूलो शरिर भएका बडिबिल्डर नेपाल आउँदै

काठमाण्डु टुडे २०७५ माघ ३ गते ११:२८ मा प्रकाशित

काठमाण्डु, ३ माघ – विश्वको सबैभन्दा ठूलो शरीर भएका चर्चित प्रोफेसनल बडिबिल्डर रोली विङ्कलार नेपाल आउने भएका छन् । ‘द बिस्ट र सामुराई’ उपनामबाट चर्चित डच बडिबिल्डर रोली १४ फेब्रुअरीमा नेपाल आउन लागेका हुन् ।

उनी आइएफबिबी प्रोफेसनल लिग, नेपाल बडिबिल्डङ च्याम्पियनसिप २०१९ मा ‘गेस्ट पोजर’ का रूपमा नेपाल आउन लागेका हुन् । आइएफबिबी लिग नेपालको आयोजनामा हुने उक्त च्याम्पियनसिप आगामी फागुन ३ र ४ गते प्रज्ञा प्रतिष्ठानको हलमा हुनेछ ।

मिस्टर ओलम्पियाको प्रो। क्वालिफायरसमेत रहेको च्याम्पियनसिप नेपाली खेल इतिहासकै ठूलो प्रतियोगितामध्ये एक हो । उक्त च्याम्पियनसिपका लागि आउने रोली ४ दिनसम्म नेपाल बस्ने आयोजकका अध्यक्ष सानु गुरुङले जानकारी दिए । रोलीको हातको पाखुरा मात्र २४ इन्च, थाई २८ इन्च र शरिर तौल १ सय ३० केजी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us