एसी मिलानलाई हराउँदै युभेन्टसले जित्यो आठौँ पटक सुपर कपको उपाधी

काठमाण्डु टुडे २०७५ माघ ३ गते १०:१५ मा प्रकाशित

एजेन्सी । एसी मिलानलाई हराउँदै युभेन्टसले आठौँ पटक सुपर कप फुटवलको उपाधी जितेको छ ।

फुटबल स्टार क्रिष्टियानो रोनाल्डोको हेडरको मद्दतले युभेन्टसले एसी मिलानलाई १–० ले पराजित गर्‍यो । साउदी अरबको जेदाहमा भएको खेलको ६१ औँ मिनेटमा रोनाल्डोले गरेको गोल नै युभेन्टसको जितका लागि पर्याप्त भयो ।

७४ औँ मिनेटमा फ्रान्क केसी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एसी मिलान दबाबमा आएको थियो । ईटालीको सिजनको फुटबल लिग सुरु हुनु भन्दा एक साता अघि हुने सुपर कपमा ईटालियन सिरी ए र कोपा प्रतियोगिताका अघिल्लो सिजनका विजेताबीच प्रतिस्पर्धा हुने गर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us