रणवीर सिंह र निक जोनसलाई शाहिद कपूरको ‘टिप्स’ !

काठमाण्डु टुडे २०७५ माघ २ गते १७:४१ मा प्रकाशित

एजेन्सी – अभिनेता शाहिद कपूर हालै करण जोहरको चर्चित टक शो ‘कफी विथ करण’ मा भाइ इशान खट्टरका साथ सहभागी भएका थिए । शाहिदले कार्यक्रममा करण जोहरका हरेक प्रश्नको रमाइलो र उत्कृष्ट ढंगबाट जवाफ दिँदै उपहार समेत जितेका छन् ।

कार्यक्रमको र्‍यापिड फायर राउण्डमा करण जोहरले अभिनेत्री दीपिका पादुकोणसँगको विवाहपश्चात रणवीर सिंहलाई के सल्लाह दिन चाहनुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा शाहिदले भने ‘रणवीरले दीपिकालाई त्यति नै माया गर्नु, जति माया फिल्म ‘पद्मावत’ मा राजा रावल रतन सिंहले पद्मावतीलाई गरेका थिए ।’

फिल्म ‘पद्मावत’ मा शाहिद कपूरले रावल रतन सिंहको भूमिका निर्वाह गरेका थिए भने पद्मावतीको भूमिकामा अभिनेत्री दीपिका पादुकोण थिइन् ।

अभिनेता शाहिद कपूरले रणबिर कपूरलाई मात्रै नभई उनकी पूर्व प्रेमिकासमेत रहेकी अभिनेत्री प्रियंका चोपडाका श्रीमान निक जोनसलाई पनि सल्लाह दिएका छन् । विवाहपछि निक जोनसलाई कस्तो सल्लाह दिनुहुन्छ भन्ने प्रश्नमा शाहिदले भने, ‘कहिल्यै हार नमान्नु किनकी उनी ओरिजिनल देशी गर्लका साथमा छन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us