दिपक मनाङ्गेले चलचित्र बनाउने

काठमाण्डु टुडे २०७५ माघ २ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, २ माघ – प्रख्यात गुण्डा नाइके दिपक मनाङ्गेले चलचित्र निर्माण गर्ने भएका छन् । सोसल कथामा निर्माण गरिने यस चलचित्रको नाम र कलाकारहरु अहिलेनै फाइनल नभएको चलचित्र निर्माणपक्षले जनाएको छ । चलचित्रलाई ‘तिमी सँग’का निर्देशक शिशिर राणाले निर्देशन गर्दैछन् । बुधबार मनाङ्गेसहित अन्य निर्माताले निर्देशकको रुपमा शिशिरलाई चलचित्र साइन गराएका हुन् ।

प्रि–प्रोडक्सन भित्र १ गीत रेकर्ड भईसकेको यस चलचित्रलाई रेड बर्ड प्रोडक्सनले निर्माण गर्नेछ । चलचित्रका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन् भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली छन् । यसअघी यी दुई निर्माताले ‘बिरंगना’ र ‘डोली’ नामक चलचित्र निर्माण गरिसकेका छन् ।

चलचित्रको स्क्रिप्ट पनि लगभग अन्तिम चरणमा पुगिसकेको छ तर कलाकार भने अहिले नै तय भैसकेका छैन अब कलाकार पनि केही दिनमा फाइनल गर्नेछौ’ निर्देशक राणाले भने । ‘विवाह पछाडीको प्रेम भएकाले यस चलचित्रमा अलि पाको उमेरको कलाकारहरु खोजिरहेका छौँ ।’ राणाले थपे । आगामी चैत महिनाको अन्तिम साताबाट छायाँकन सुरु गर्ने यस चलचित्रको केहीदिनमा नै पत्रकार समेलन गरेर थप जानकारी दिने चलचित्र निर्माणपक्षले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us