काठमाण्डु, १ माघ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वुल्भ्समाथि ३–० गोल अन्तरको जित निकालेको छ ।
सोमबार राति घरेलु मैदानमा भएको खेलमा वुल्भ्समाथि फराकिलो जित निकाल्दै सिटीले शीर्षस्थानमा रहेको लिभरपुलसँग अंक दुरी घटाएको छ ।
सिटीको जितमा गाब्रियल जिससले दुई गोल गरे भने वुल्भ्सका कोनर कोडीले आत्मघाती गोल गरे । खेलमा वुल्भ्सका विली बोलीले रातो कार्ड पाएका थिए ।
जितसँगै दोस्रो स्थानमा रहेको सिटीले २२ खेलबाट ५३ अंक जोड्दै शीर्षस्थानको लिभरपुलसँग ४ अंकको दुरी बनाएको छ । लिभरपुलको ५७ अंक छ । वुल्भ्सको भने २९ अंक छ ।