एजेन्सी – बलिउडका नायक रणबीर सिंह र दीपिका पादुकोणको विवाह भएको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यो जोडीको चर्चा रोकिएको छैन ।
विवाहपछि पनि यी दुई कुनै न कुनै कारणले चर्चामा छाइरहन्छन् । हालै भारतीय मिडियासँगको कुराकानीमा विवाहपछि उनको जीवन परिवर्तन भएको बताएका छन् । साथै, रणवीरले विवाहपछि आफूले तीन काम गर्न नपाउने बताएका छन् । उनले यसबारे एक अन्तर्वार्तामा बताएका हुन् ।
बिवाहपछि यी तीन काम गर्न पाउँदैनन् रणवीरः
यसबारे उनले भने, ‘सुरुमा त म बेलुका अबेरसम्म घर बाहिर बस्न पाउँदिन । दोस्रोः म खाना नखाई घर छोड्न पाउँदिन र तेस्रोः म दीपिकाको फोन मिस गर्न पाउनेछैन ।’ दीपिका र रणवीरको विवाह सन् २०१८ मा इटलीको लेक कोमोमा भएको थियो ।