सहकारी महासम्मलेन आजदेखि सुरु

काठमाण्डु टुडे २०७० चैत ११ गते ३:११ मा प्रकाशित

काठमाण्डु, ११ चैत – आज देखी राजधानीमा सहकारी महासम्मेलन सुरु हुँदैछ ।

नेपालमा पहिलो पटक हुन लागेको महासम्मेलनमा सहकारीको अबस्था र मोडलका विषयमा छलफल हुने बताइएको छ ।

तीन दिनसम्म चल्ने महासम्मेलनमा वेलायत, चीन, कोरीया, भारत, मलेसीया, श्रीलंका, थाइल्याण्ड, बङगलादेश, भुटानलगायत १२ देशका प्रतिनिधिको सहभागिता रहनेछ ।

सम्मेलनले सहकारीका सेवा तथा उत्पादनलाई गुण्ाँत्मक वृद्धि गर्दै गरी रोजगारी सिर्जना गर्न सहयोग पुग्ने सहकारी विभागले जनाएको छ ।

सम्मेलनमा ७ सय ५० सहकारीकर्मीको उपस्थिति रहने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us