यी हुन् प्रभाससँग भएका पाँच सर्वाधिक महँगा कुरा !

काठमाण्डु टुडे २०७५ पुष २९ गते १२:०४ मा प्रकाशित

एजेन्सी – साउथ इन्डियन फिल्मका सुपरस्टार प्रभासले सन् २००० मा एश्वर सिनेमाबाट डेब्यू गर्दै आफ्नो सिनेमा यात्रा सुरू गरेका थिए । सन् २०१५ मा रिलिज भएको बाहुबली फिल्मले भारतभर र भारतीय सिनेमाका पारखी दर्शकहरूमाझ उनको बृहत चर्चा दिलाउन सफल भयो ।

आज यी अभिनेतासँग करिब १९६.३५ करोड भारू बराबरको सम्पति छ भने वार्षिकरूपमा उनको कमाइ ४५ करोड छ । बाहुबलीपछिको चर्चाले गर्दा उनको चर्चा १० गुना बढेको त छँदैछ, यससँगै उनको पारिश्रमिक पनि प्रति सिनेमा २५ करोड पुगेको छ । विज्ञापन खेलेर उनले ३० करोड कमाइ गर्ने गर्छन् ।

चर्चा र कमाइको बढोत्तरीसँगै उनले केहि महँगा र विलासी सामानहरू पनि जोडेका छन् । उनले महँगा गाडी, बाइक तथा मध्य हैदरबादमा फार्म हाउससमेत खोलेका छन् ।

यी हुन् प्रभाससंग भएका पाँच महँगा बस्तुहरूः

बिएमचब्लु एक्स ३– ६८ लाख भारू

 

जगुवार एक्सजेआर– २.०८ करोड

 

जीमखान– झण्डै डेढ करोड भारू. (‘बाहुबली’ निर्माण पक्षले उपहार दिएको)

 

हैदरबाद फार्म हाउस– ६० करोड

 

रोल्स रोयस गाडी– ८ करोड भारू

प्रभाससँग भएको ८ करोड भारू मूल्य बराबारको रोल्स रोय गाडी बलिउड सुपरस्टार शाहरुखा तथा अमिताभ बच्चनसँग भएको भन्दा पनि महँगो गाडी हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us