नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाण्डु टुडे २०७५ पुष २९ गते ११:२७ मा प्रकाशित

काठमाण्डु, २९ पुस – थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी –ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । आज भएको आफ्नो दोस्रो खेलमा मलेसियाले दिएको ६२ रनको लक्ष्य १६ दशमलव २ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो ।

नेपालका लागि सर्वाधिक रन रोमा थापाले अविजित २० रन बनाइन । त्यस्तै सिता रानामगरले १६ रनको योगदान गरिन । यसअघि टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रनमा समेटियो । मलेसियाका लागि सर्वाधिक १२ रन सियो तिजिनले बनाउँदा युर्सरिना याकुबले ११ रनको योगदान गरिन । ती बाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

मलेसियाको इनिङलाई सस्तैमा समेटन सरिता राना मगर एक्लैले ४ विकेट लिईन् । त्यस्तै कविता कुँवर, इन्दु बर्मा र नेरी थापाले समान एक एक विकेट लिए । थाइल्याण्ड क्रिकेट एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको समूह ए मा रहेको नेपालले तेस्रो खेलमा भोली युएई र बुधबार थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us