नेपाल पुलिस क्लब तेस्रो स्थानमा

काठमाण्डु टुडे २०७५ पुष २८ गते १६:११ मा प्रकाशित

काठमाण्डु, २८ पुस – नेपाल पुलिस क्लबले दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ । चन्द्रागिरीस्थित न्यू डायमण्डको मैदानमा आज भएको खेलमा पोखराको टप्स माविलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब तेस्रो भएको हो ।

पुलिसले टप्स माविलाई २५–११, २५–१ र २५–१४ सोझो सेटमा पराजित गर्न सफल भयो । तेस्रो स्थानसँगै पुलिसले रु एक लाख प्राप्त गरेको छ । चौथो स्थानको टप्स माविले रु ५० हजार प्राप्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us