वुमन्स टी २० स्म्यासः नेपालको शानदार जित, चीन १० विकेटले पराजित

काठमाण्डु टुडे २०७५ पुष २८ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, २८ पुस – थाइल्याण्डमा जारी टी–२० स्म्याश क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ । आज भएको खेलमा नेपालले चीनलाई १० विकेटले हरायो ।

थाइल्याण्ड क्रिकेट एसोसियशनको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २० ओभरमा ६ विकेट गुमाउँदा मात्र ४८ रन बनाउन सक्यो । उसकी ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन् । त्यसपछि वाङले ८, झाङ यानलिङ र ली हायुइले सात सात रन बनाए ।

बलिङमा करुणा भण्डारीले तीन तथा नेरी थापाले दुई विकेट लिइन् । जवाफमा नेपालले आठ ओभर चार बलमाबिना विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय सीता रानामगरले २४ र काजल श्रेष्ठले १४ रन बनाइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us