रणवीर कपूरकी दिदीले के दिएकी थिइन् आलिया र रणवीरलाई बहुमूल्य उपहार ?

काठमाण्डु टुडे २०७५ पुष २८ गते ११:०२ मा प्रकाशित

एजेन्सी – बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट प्रेममा छन् । बलिउड फिल्म उद्योगमा अहिले यो जोडीको निकै चर्चा हुने गर्छ । केही दिन अघि मात्रै आलिया र रणवीर एकसाथ अमेरिकाको न्यूयोर्कमा नयाँ वर्ष मनाएर भारत फर्किएका छन् ।

आलिया भट्ट रणवीर कपूरसँग मात्रै नभई कपूर परिवारकासाथ रमाइलो गर्दै गरेका तस्बिर सामाजिक संजालमा चर्चाको विषय बनेको थियो । रणवीर र आलिया दुवैका परिवारलेसमेत यस सम्बन्धलाई खुसीसाथ स्वीकार गरिसकेका छन् ।

रणवीर कपूरकी दिदी रिद्धिमा कपूर साहनीले भाइ रणवीर कपूर र उनकी प्रेमिका आलिया भट्टलाई सुनको औँठी उपहार स्वरुप दिएकी छिन् । औँठीमा आलिया र रणवीरको नामको पहिलो अक्षर ‘ए आर’ लेखिएको छ । आलिया र रणवीरले पनि यो औँठी खुसीसाथ स्वीकार गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us